शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

वडा दशैँको अवसरमा सानिमा बैंकको दशैँ धमाका योजना

दैनिक नेपाल २०७८ असोज १० गते १५:०२

काठमाडौँ, १० असोज । नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैँ धमाका” योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फर्स्ट कम फर्स्ट सर्भ” को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिंदा रु. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application मा लगइन गरी आवेदन दिन सकिन्छ ।

सानिम बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगइन गर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित