बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रोल्पाका १० वटा पालिकामा कांग्रेसको सर्बसम्मत नेतृत्व

दैनिक नेपाल २०७८ असोज १० गते ९:१६

रोल्पा, १० भदौ । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनमा रोल्पामा सर्वसम्मत रुपमा सभापति र कार्यसमिति चयन गरिएको जिल्ला सभापति अमर पुनले जानकारी दिएका छन् ।

कांग्रेसको रोल्पा नगर कार्यसमितिमा चन्दप्रकाश आचार्य सभापतिमा चयन भएका छन् ।

सुनछहरी गाउँपालिकाको कार्यसमितिको सभापतिमा कोमबहादुर बुढा मगर, सुनिलसमृति गाउँपालिकाको सभापतिमा आशिष गिरी र गंगादेव गाउँपालिकाको सभापतिमा मीनबहादुर खड्का चयन भएका छन् ।

माडी गाउँपालिकाको सभापतिमा नवराज डाँगी, परिवर्तन गाउँपालिकाको सभापतिमा खडकबहादुर घर्ती मगर, थबाङ गाउँपालिकाको सभापतिमा खरिलाल डाँगी, त्रिवेणी गाउँपालिकाको सभापतिमा दुर्योधन राना, रुन्टीगढी गाउँपालिकाको सभापतिमा जनक पुन र लुङ्गी गाउँपालिकाको सभापतिमा जनक खड्का सर्वसम्मत भएका छन् ।

रोल्पा जिल्लामा नेता रामचन्द्र पौडेल समूह बलियो अवस्थामा छ । रोल्पा कांग्रेसका सभापति पुन पौडेल निकटका मानिन्छन् । रोल्पामा सभापति शेरबहादुर देउवा समूह कमजोर छ ।

प्रतिक्रिया
सम्बन्धित