शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेमा छानिए १० टोली नेता, को-को छन् ?

दैनिक नेपाल २०७८ असोज ९ गते १५:४८

काठमाडौँ, ९ असोज । नेकपा एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफल सकिएको छ ।

शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा १० समूह बनाएर भएको छलफल सकिएको हो ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो ।

बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा ,लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउनेछन् ।

समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित