
काठमाडौँ, ९ असोज । प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।
उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया