शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

शनिबारदेखि ईपीएल, पहिलो खेलमा काठमाडौँ र ललितपुर भिड्दै

दैनिक नेपाल २०७८ असोज ९ गते १२:१५

काठमाडौँ, ९ असोज । शनिबारदेखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् ।

उद्घाटन खेल दिउँसो १२: १५ देखि हुने आयोजकले बताएको छ ।

सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित