बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईपीएलमा चेन्नई सुपर किङ्ग्ससँग रोयल च्यालेञ्जर्स ६ विकेटले पराजित

दैनिक नेपाल २०७८ असोज ९ गते ७:१७

नयाँदिल्ली, ९ असोज । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ ।

शुक्रबार राति यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । बेङ्ग्लोर भने १० अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित