शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रदेश नं १ मा थपिए ३२४ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७८ असोज ८ गते २१:४१

मोरङ, ८ असोज । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा ९५८ को पीसीआर परीक्षण गर्दा २११ र ६०४ को एन्टिजेन परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७३ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा आजै २५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित