शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यी १२ मुलुकका नागरिकले नेपालमा अनअराइभल भिसा नपाउने

दैनिक नेपाल २०७८ असोज ८ गते २०:५६

काठमाडौँ, ८ असोज । नेपालले विदेशी नागरिकलाई अनअराइभल भिसा दिने भए पनि १२ वटा मुलुकका नागरिकलाई सुविधा नदिने भएको छ ।

अनअराइभल भिसा नपाउने मुलुकमा द्वन्द्वग्रस्ता क्षेत्रका देश रहेको अध्यागमन विभागले जनाएको छ ।

नेपालले कोभिड–१९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल भिसा खुला गरेको थियो ।

तर विभागले जारी गरेको सूची अनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा नपाउने जनाएको छ ।

उनीहरुले अनिवार्य रुपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनु पर्नेछ ।

यसका लागि आकस्मिक राहदानी बाहकले समेत अनिवार्य रुपमा कुटनीतिक नियोगबाट भिसा लिनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित