शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा

दैनिक नेपाल २०७८ असोज ८ गते २०:०३

काठमाडौँ, ८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १६ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

बैंकको शुक्रबार बसेको ३७५ औँ सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट ३.०८७ नगद र १२.९१३ बोनस शेयरसहित १६ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७ रुपैयाँ बराबरको नगद लाभांश गरी बैंकले कुल रु २ अर्ब १२ करोड ३० लाख ७ हजार ६९८ रुपैयाँ वितरण गरिने छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्ब ५७ करोड रहेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित