मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

डा पोखरेललाई कलम के सिपाही अवार्ड

दैनिक नेपाल २०७८ असोज ८ गते १९:४०

नयाँ दिल्ली, ८ असोज । वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा. शम्भु पोखरेललाई न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही ‘ पुरस्कार प्रदान गरेको छ ।

डा. पोखरेलले पत्रकारीता क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै आई एम एस गाजियावाद र न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको जनाएको छ ।

भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्वमुख्यमन्त्री तीर्थ सिहं रावतले अवार्ड हस्तान्तरण गरेका हुन् ।

न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा शुक्रबार भारतका ४० भन्दा बढी राष्ट्रिय मिडियाकर्मीहरुलाई सम्मान गरेको हो ।

बिजनेश टेलिभिजनका अध्यक्ष डा. पाखेरेल सो समारोहमा अन्तर्राष्ट्र्यि सम्मान पाउने एक मात्र सञ्चारकर्मी हुन् । कार्यक्रममा भारतका अधिकांश मिडियाकर्मीहरु,शैक्षिक क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरु र समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो ।

डा. पोखरेललाई न्युज पेपर एशोसिएसनएफ ईण्डिया (नाई) ले दोश्रो पटक कलम के शिपाही अवार्ड प्रदान गरेको हो । र सो अवार्ड डा. पोखरेलको ८ औँ अन्तर्राष्ट्रिय अवार्ड हो ।

डा. पोखरेल नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो २ दशकदेखि सक्रिय छन् भने उनको नेतृत्वमा नेपालको पहिलो बिजनेश टेलिभिजन सञ्चालनमा रहेको छ । वर्ल्ड ट्रेड गु्रपअन्तर्गत डा. पोखरेलका नेतृत्वमा दर्जन बढी कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित