बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

किन दिए समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा ?

दैनिक नेपाल २०७८ असोज ८ गते १३:५०

काठमाडौँ, ८ असोज । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

सरकारले हस्तक्षेप गरेर परिषदमा काम गर्ने वातारण नभएपछि सामूहिक राजीनामा दिएको पदाधिकारीहरुले जनाएका छन् ।

परिषदका उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए ।

खतिवडाले भने, ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो । किनभने परिषद्ले आफ्नो बजेट बनाउनु पर्यो । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह ग¥यौँ, तर उहाँले मान्नुभएन । अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने र नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ ।’

आफूहरुलाई राजीनामा दिन दवाव दिइएको र नदिए हटाउन खोजेपछि राजीनामा दिएको खतिवडाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित