
काठमाडौँ, ८ असोज । नेपाली बजारमा प्रतितोला सुनको थप ६०० रुपैयाँले घटेको छ ।
बिहीबार ५०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ६०० रुप्रयाँले घट्दै ८९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने झिनो परिवर्तन भएको छ ।















प्रतिक्रिया