काठमाडौं, ८ असोज । सानिमा बैंकले नेपालीहरूको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुटका योजनाहरू ल्याउने क्रममा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेका छ ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् रु २,५००÷– सम्म छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकलाई फस्ट कम फस्ट सर्भिसको आधारमा छुट प्रदान गरिनेछ । यो योजना १० आश्विनदेखि १५ आश्विनसम्म लागू हुनेछ ।
सानिमा बंैकको देशभर सातै प्रदेशमा गरी १०५ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।















प्रतिक्रिया