८ कार्तिक २०८३, आइतबार

काठमाडौंमा अवैध लागूऔषध सहित पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका–३ घर भएका २१ वर्षीय जितेन्द्रप्रसाद यादब रहेको प्रहरीले जनाएको छ । यादब बुधबार साँझ पक्राउ परेका हुन् ।

यादबसँग ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुफिन बरादम भएको छ ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ ख ०१५८ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार यादबलाई झोलाभित्र लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उता, बाराकै सिमरा उपमहानगरपालिका–१८ कुसमारी टोलस्थित पसहा खोलाको ड्यामबाट करिब १० केजी ८ सय ३० ग्राम अवैध लागूऔषध गाँजासहित निजगढ नगरपालिका–१२ रतनपुर बस्ने ४५ वर्षीय किसाने बिकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जैतापुरबाट खटीएको प्रहरीलाई देखेर प्र २–०३–००२ प २८८५ र ना.१४ प २५१२ नम्बरको मोटरसाइकल सोही ठाउँमा छोडेर भाग्ने क्रममा पिछा गर्दै जाँदा उनलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका–५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ सिसि डाईजेपाम, ३ सय १६ सिसि नुफिन र ३ सय ५ सिसि फेनारगन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी रामग्राम नगरपालिका–१६ बस्ने १९ वर्षीय इस्लाम चुरीहार र २० वर्षीय आलमगरी चुरीहार रहेका छन् । लु.४ प ११३४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।