बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईपीएलमा कोलकातासँग मुम्बई इन्डियन्स ७ विकेटले पराजित

दैनिक नेपाल २०७८ असोज ८ गते ७:३५

नयाँदिल्ली, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा बिहीबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको छ ।

कोलकाताको जितमा राहुल त्रिपाठीले अविजित रहँदै ७४ रनको अर्धशतकीय इनिङ्ग्स खेले । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडे । जितसँगै कोलकाताले ९ खेलमा ८ अङ्क जोडेको छ ।

कोलकाता चौथो स्थानमा उक्लिएको छ । छैटौँ स्थानको मुम्बईले पनि ९ खेलमा ८ अङ्क जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित