१९ कार्तिक २०८३, बिहिबार

थप १ हजार २३९ जनामा कोरोना पुष्टि, १ हजार ३२४ निको, १३ को मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ६२९ र एन्टिजेन विधिबाट ३ हजार ६१४ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २३९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ७८ हजार ६७६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३४० संक्रमित आइसीयुमा छन् भने १११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६२ लाख ९३ हजार ८९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।