१९ कार्तिक २०८३, बिहिबार

अब समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफालेँः प्रचण्ड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि आफूले हामफालेको बताएका छन् ।

काभ्रेको पाँचखालमा बिहीबार वाइसीएलको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले हिजो पनि हामफालेको बताउँदै अब सच्चिएर फेरि हामफाल्ने बताएका हुन् ।

‘मत एकचोटी फेरि हाम्फाल्छु, हिजो जनयुद्धमा हामफालेँ, अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ, त्यसपछि संविधान बनाउन र पार्टी एकतामा हामफालियो । अब फेरि समाजवादी क्रान्तिको निम्ति म चाहीँ हामफालेँ फालेँ अब’ उनले भने ।

उनले आफू सच्चिएर अघि बढ्ने पनि बताए । ‘सबैले अरुले विगार्यो, यो फटाहा हो भन्नुभन्दा मैले के बिगारेँ भनेर सोच्न थालियो भने त्यहीबाट रुपान्तरण सुरु हुन्छ’ प्रचण्डले भने ।

‘म अब बन्छु भनेर सुरु गरियो भने सबै बन्छन् । त्यसपछि क्रान्तिकारी पार्टी बन्छ । त्यसो भएर म चाही हामफालेँ अब । कति वर्ष बाँचिन्छ । पुरै ज्यान छोडेर समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म’, प्रचण्डको दावी छ ।