१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रियसभाबाट बजेट पारित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट बहुमतले पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

अर्थमन्त्री शर्माको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले उठेर गरेको विरोधका बाबजुद बजेट पारित भएको हो ।