१९ कार्तिक २०८३, बिहिबार

सिन्धुपाल्चोकमा खोलाले बगाएर बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ७ असोज । बाह्रबिसे नगरपालिका–५ स्थित खागदल खोलाले बगाउँदा सोही ठाउँस्थित थापागाउँ मामाघर बस्ने सोही नगरपालिका–३ रोक्का गाउँ घर भएकी १३ वर्षीया अस्मिता थापाको बुधबार दिउँसो मृत्यु भएको छ ।

बिहान घाँस काट्न भनी घरदेखि करिब २ किलोमिटर टाढा बारीबाट घाँस लिएर फर्कने क्रममा उक्त खोलामा चिप्लन लड्दा खोलाएपछि उनको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।