बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कांग्रेसको महाधिवेशन बिथोल्न को–को सक्रिय ?

दैनिक नेपाल २०७८ असोज ७ गते ११:३१

काठमाडौं, ७ असोज । एमालेभित्रको विवाद नेपाली कांग्रेसमा पनि सर्ने सम्भावना निकै बलियो गरेर बढेको छ । सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशन गर्न चाहिरहेका छन् ।

नेता रामचन्द्र पौडेल समूह महाधिवेश बिथोल्न लागेको छ । पौडेल समूहले महाधिवेशनमा घाटा देखेपछि देउवालाई असहयोग गरिरहेको छ । पौडेल समूहभित्र सभापतिमा पनि एकरुपता छैन । पौडेलले सभापतिमा सहयोग नपाएपछि महाधिवेशन रोक्न खोजेका छन् । पौडेलले देउवालाई महाधिवेशन विरोधको आरोप लगाएर विभिन्न बखेडा गरेका थिए ।

देउवाले आफूलाई इमान्दारिताका साथ अगाडि बढाएका छन् । महामन्त्री शशांक कोइराला पनि देउवाको इमान्दारिताबाट खुसी छन् । कोइराला पनि महाधिवेशन समयमा होस् भन्ने पक्षमा छन् । पौडलले महाधिवेशनलाई बिथोलेर आफ्नो स्वार्थपूर्ति गर्न चाहेको आरोप छ । पौडेलका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू महाधिवेशनलाई सहयोग गर्ने खालका छैनन् ।

क्रियाशील सदस्यता छानविन समितिमा पौडल समूहका मानिस पनि छन् । समितिले बुझाएको प्रतिवेदन बुझ्नेमा पौडेल पनि छन् । केन्द्रीय कार्यसमिति र छानविन समितिमा क्रियाशील सदस्यताको विवादमा सर्वसम्मत निर्णय भएको छ । अहिले आएर पौडलले आफैले हस्ताक्षर गरेको निर्णयमा बखेडा निकालेका छन् । डडेल्धुरा कांग्रेसको कुरालाई पौडेलले निकाल्ने गरेका छन् । महामन्त्री कोइरालाले डडेल्धुराका विषयमा दोहो¥याएर वडा अधिवेशन नहुने भनेपछि पौडेल चकित परेका छन् । पौडेलले कुन समयमा के कुरा बोल्ने विषयमा भुलेका छन् ।

उप–सभापति विमलेन्द्र निधिले पनि धमिलो पानीमा माछामार्न खोजेका छन् । डडेल्धुरामा समायोजनमा १ हजार क्रियाशील सदस्यता माओवादीबाट आएको समूहलाई दिने निर्णय गरेका थिए । निधि आफैले गरेको निर्णयको विरोधमा उत्रिएका छन् । निधिले आफ्नो औकात र हैसियत भुलेका छन् । निधिले देउवाको आलोचना गरेर वा महाधिवेशन विथोलेर आफूलाई फाइदा हुन्छ भन्ने कुरा सोँचेका छन् भने त्यो गलत हुनेछ ।

देउवाको आलोचना गरेर नेता बन्ने योजनमा शेखर कोइराला पनि छन् । लामो समय जागिर गरेर कांग्रेसको राजनीतिमा लागेका कोइरालाले सभापतिमा दाबी गरेका छन् । कोइरालाले आफूलाई सभापतिको उम्मेदवार भन्दै आएका छन् । कोइरालाले कांग्रेस र देशका लागि स्मरण योग्य कुनै पनि काम गरेका छैनन् । गिरिजाप्रसाद कोइराला हुँदा कालो कोठाभित्र बसेर शेखरले विभिन्न षड्यन्त्रहरू गर्दै आएका थिए । शेखरबाट पीडित भएका नेता कार्यकर्ता अहिले पनि धेरै छन् । शेखरले आफूलाई कोइराला परिवारको विरासत हुँ भन्ने उचित होइन ।

शेखरलाई कोइराला परिवारभित्र ‘सी’ क्लासको कोइराला भन्छन् । शेखर कोइरालाले आफूलाई कांग्रेसभित्रको मसिहा ठान्छन् । यो उनको भूल हो । शेखरले आफूलाई पनि कार्यकर्ता बनाउन जरुरी छ । होइन भने उनलाई सभापति स्वीकार गर्न सकिदैन ।

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । सरकारबाट जनताले धेरै अपेक्षा गरेका छैनन् । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको जस्तो देश र संविधान अनि राष्ट्रको ढुकुटी समाप्त गर्ने खालका कार्य नगरे हुन्छ भन्नेछ । आफ्नै पार्टी कांग्रेसभित्रबाट सरकारलाई असहयोग भइरहेको छ । पौडेल समूहले देउवालाई असहयोग गर्दै आएका छन् । सरकारको बचाउ गर्नेभन्दा पनि मौका मिल्दा आलोचना गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित