शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा छिट्टै चलचित्र महोत्सव हुने

दैनिक नेपाल २०७८ असोज ७ गते ९:५५

न्युयोर्क । नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धनका लागि अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ ।

फेस्टिभलका आयोजक नवराज श्रेष्ठका अनुसार चलचित्र महोत्सवको मिति तय गरिनेछ । श्रेष्ठले भने, ‘कोरोना महामारीका कारण केही कठिनाइ भएको छ । हामीले छिट्टै महोत्सवको मिति घोषणा गर्ने छौँ ।’

महोत्सव नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले संयुक्त रुपमा आयोजना गर्ने भएका हुन् ।

श्रेष्ठले चलचित्र महोत्सवलाई सहयोगका लागि सम्पूर्ण चलचित्रकर्मी, शुभेच्छुकहरूसँग अपील गरेका छन् । उनले भने, ‘नेपाली चलचित्रको महत्वका विषयमा विश्वभरि प्रचार प्रसार होस् भनेर महोत्सव गर्न लागेका छौँ । सहयोगको अपेक्षा लिएका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित