काठमाडौं, ७ असोज । प्रहरीले काठमाडौंमा झण्डै १९ लाख रुपियाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
बुधबार राति साढे १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवस्थित कमल दाहालको घरबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवाडेहरूसँग १८ लाख ७५ हजार ५ सय रुपियाँ बरामद गरेको जनाएको छ । प्रहरीले सात बुक तास पनि बरामद गरेको छ ।
उता, काठमाडौंको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेसँग रहेको २५ हजार ५ सय ५ रुपियाँ र तास प्रहरीले बरामद गरेको छ ।











प्रतिक्रिया