७ कार्तिक २०८३, शनिबार

घोराहीको ‘फ्रेण्डस् डेकोर’ले दियो छुटको बहार

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ७ असोज । दाङको घोराहीमा रहेको ‘फ्रेण्डस् डेकोर’ले उपभोक्ताहरूको चाहना र सझावअनुसार आफूलाई झन् परिमार्जन गरेर ल्याएको छ ।

डेकोरका सञ्चालक यज्ञबहादुर खड्काले घर र कार्यालयहरूमा आवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध गराउने गरिएको बताए । खड्काले ८ वर्षदेखि डेकोरसम्बन्धी सामानहरू उपलब्ध गराउँदै आएका छन् ।

फ्रेण्डस् डेकोरले घरायसी र कार्यालयहरूका लागि आवश्यक पर्ने सजावटका सामानहरू गुणस्तरीय र बजारमा भन्दा सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको सञ्चालक खड्काले बताए । ‘हामीले गुणस्तरीय सामानमा ध्यान दिने गरेका छौँ’, उनले भने, ‘मूल्यमा पनि अन्यत्रभन्दा हामीले सस्तोमा दिने गरेका छौँ ।’

फ्रेण्डस् डेकोरबाट दाङ जिल्लाका साथै सल्यान, रोल्पा, प्यूठान, रुकुम लगायतका जिल्लामा पनि अर्डरअनुसार सामानहरू पठाउने गरेको खड्काले बताएका छन् ।

डेकोरका सामानहरू खरिदमा १५ प्रतिशतसम्म छुट दिने गरेको खड्काले बताएका छन् । दशैँ र तिहार जस्ता चाढपर्वमा ग्राहकहरूका लागि विशेष छुट हुने गरेको उनले बताएका छन् ।

फ्रेण्डस् डेकोरमा सोफा, कुर्सी, दराज, कार्पेट, म्याट, सिसाका सामान, पर्दा लगायतका सामानहरू गुणस्तरीय पाइन्छ ।