बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईपीएलमा दिल्लीले सनराइजर्सलाई हरायो

दैनिक नेपाल २०७८ असोज ७ गते ७:२७

नयाँदिल्ली, ७ भदौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ ।

बुधबार राति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको छ ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । ऋषभ पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।

हैदराबादका खलिल अहमेद र राशिद खानले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

हैदराबादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्धिमान साह र केन विलियम्सनले १८–१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।

यो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अङ्क जोडेको छ । हैदराबादले ८ खेलमा २ अङ्क जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित