काठमाडौं, ७ असोज । मन्त्री र मन्त्रालय विभाजनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्ने भएको छ ।
मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि बैठक पुनः बस्न लागेको हो । कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो लागेको छैन ।
सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।
गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।











प्रतिक्रिया