७ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्रस्ताव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको वुधबार बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंकको सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।