
काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएपछि देउवाले बैठक छोडेका छन् ।
बैठकमा पौडलले एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए ।
पौडेलले जवाफ मागेपछि झोक्किएका देउवा बैठक छोडेर हिँड्न लाग्दा अरु नेताहरुले फकाएर राखेका थिए । तर केहीबेरपछि हिँडे ।












प्रतिक्रिया