१९ कार्तिक २०८३, बिहिबार

माधव नेपालको राजनीतिक प्रस्ताव पारित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित गरेको छ ।

वुधबार बसेको केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको हो ।

राजनीतिक पस्तावलाई समूहमा भएको छलफलपछि पारित गरिएको बताइएको छ ।

छलफलमा सहभागी नेताहरुबाट आएको सुझावलाई समेटेर प्रस्ताव पारित गरिएको बताइएको छ ।

त्यस्तै, केन्द्रीय समिति बैठक लम्बिएको छ । अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ । भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ ।