१९ कार्तिक २०८३, बिहिबार

४० वर्ष माथिका सबैको पिसाब जाँच गरिने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका प्रत्येक वडामा ४० वर्षमाथिका ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गरिनेछ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए ।

यसका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने उनले जानकारी दिए ।