७ कार्तिक २०८३, शनिबार

दशैँ तिहारमा हुन्डाइको हेवी इक्वुपमेन्ट धमाकेदार विशेष अफर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असोज । नेपालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ ।

दशैँतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर २२० एलएस एक्साभेटरको खरिदमा रु. ३ लाख नगद छुट, ४३ इन्चको एमआई टिभि प्रो, २ हजार घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ । यसरी यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कूल रु. ५ लाखसम्मको सुविधा प्रदान गरेको छ ।

नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षहरुदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु विगत लामो समयदेखि विक्री वितरण गर्दै आइरहेको छ ।

यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको छ ।

हुन्डाइका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घन्टा, सातै दिन घर दैलो सेवा प्रदान गर्ने आदि सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ ।

हुन्डाइ बलियो तथा टिकाऊ रहेको छ । उच्चतम भारबहन क्षमता, न्यून सञ्चालन खर्च लाग्ने, आदि हुन्डाइ हेभि उपकरणका विशेषताहरु हुन् ।