शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

गाउँपालिकाकी उप–प्रमुख पौडेललाई कार्यकर्ताले वडामै हराए

दैनिक नेपाल २०७८ असोज ६ गते ११:१३

बाह्रबिसे, ६ असोज । सिन्धुपाल्चोक जिल्लामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा गाउँपालिकाकी उप–प्रमुख लक्ष्मी पौडेल पराजित भएकी छिन् ।

सुनकोशी गाउँपालिकाकी उप–प्रमुख पौडेल नराम्रोसँग पराजित भएकी हुन् । कांग्रेस र जनताका लागि राम्रो काम नगरेको आरोप खेप्दै आएकी पौडेललाई कांग्रेसका क्रियाशील सदस्यहरूले हराएर बदला लिएका छन् ।

कांग्रेसका क्रियाशील सदस्यहरूले उप–प्रमुख पौडेलले राम्रो काम गर्न नसकेपछि वडा अधिवशनमा हराएर बदला लिएका हुन् ।

सिन्धुपाल्चोक जिल्लामा नाम चलेका हस्तीहरू वडामै पानी पनि खान नपाइ पराजित भएका छन् । पार्टीको संगठन निर्माणमा राम्रो काम गरेकाहरू निर्वाचित भएका छन् ।

गफ लगाएर जनताको काम नगर्ने कांग्रेसका नेताहरू पराजित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित