बाह्रबिसे, ६ असोज । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति एवम् संविधान सभाका उम्मेदवार भुपेन्द्र थापा पनि वडा अधिवेशनमा पराजित भएका छन् ।
मंगलबार सम्पन्न बाह्रबिसे नगरपालिका– ३ को वडा अधिवेशनमा पूर्वसभापति थापा वडामै नराम्रोसँग पराजित भएका हुन् ।
पूर्वसभापति थापालाई पराजित गर्ने नेताले थापाको भन्दा तेब्बर धेरै मत पाएका थिए ।
थापा पराजित भएपछि सिन्धुपाल्चोकका नेता कार्यकर्ताले वडामै जमानत जफत भएको भनेर चर्चा गरेका छन् ।















प्रतिक्रिया