शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

महिला संघकी सभापति पनि वडामै पराजित

दैनिक नेपाल २०७८ असोज ६ गते १०:२४

बलेफी, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना नराम्रोसँग पराजित भएकी छिन् ।

बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपाल ढुंगानाले जम्मा ८ मत पाएकी थिइन् ।

क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिएका थिए ।

महिला संघकी सभापति नेपाललाई जित्ने महिला नेतृले ८२ भोट पाएकी थिइन् । नेतृ नेपाललाई पराजित गर्ने महिला नेतृ साधारण नेतृ हुन् ।

प्रतिक्रिया
सम्बन्धित