शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

नेविसंघका महामन्त्री तिमिल्सिना वडामै पराजित

दैनिक नेपाल २०७८ असोज ६ गते ९:२१

चौतारा, ६ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएका हुन् ।

तिमिल्सिना कांग्रेसको १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए । तिमिल्सिनाले आफ्नो वडामा एक जना पनि क्षेत्रीय प्रतिनिधि ल्याउन सकेका छैनन् ।

सिन्धुपाल्चोक जिल्लामा नेविसंघका महामन्त्री जस्तो नेता पराजित भएपछि वडामै जमानत जफ्त भएको भनेर हाँसोमजाक र चर्चा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित