शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

गुल्मीमा पहिरोमा घर पुरिएर तीन जनाको मृत्यु

दैनिक नेपाल २०७८ असोज ६ गते ७:४५

तम्घास, ६ भदौ । गुल्मी जिल्लामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

मंगलबार राति आएको पहिरोले पुरिएर रेसुङ्गा नगरपालिका–८ का ३ को मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेहरू एकै परिवारका दिदीबहिनी हुन् ।

मृत्यु हुनेमा स्थानीय तिलक नेपालका २ जुम्ल्याहा छोरीहरू १४ वर्षीया गंगा–जमुना र २१ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सुतेकी अर्की छोरीलाई भने तिलकले कोठाको सानो प्वालबाट तानेर निकालेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित