शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

५० हजार साउदी रियाल, ३८० दुबई दिरामसहित एक जना पक्राउ

दैनिक नेपाल २०७८ असोज ५ गते २१:२१

काठमाडौँ, ५ असोज । प्रहरीले विभिन्न देशका विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ साढे ६ बजे नेपाल एयरलाइन्सको आरए २२९ द्वारा काठमाडौँबाट दुबई जान लागेका गुल्मी छत्रकोट गा.पा.वडा नं. ४ का वर्ष ३९ को तुल्सिराम कडेलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको कडेलले बोकेको लगेजलाई होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा ५० हजार साउदी रियाल, ३८० दुबई दिराम र नेपाली रुपैयाँ १६ हजार ४ सय नेपाली रुपैयाँ फेला पारेको हो ।

प्रहरीले अनुसन्धानका लागि कडेललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित