शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

यी देशका राजदूतलाई सरकारले फिर्ता बोलायो

दैनिक नेपाल २०७८ असोज ५ गते २०:५३

काठमाडौँ, ५ असोज । सरकारले अघिल्लो सरकारले गरेका नियक्त गरेका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।

सरकारले बंगलादेश, चीन, भारत, अमेरिका, बेलायत, इजरायल, दक्षिण अफ्रिका, कतार, स्पेन, मलेसिया र ओमानका राजदूतहरू फिर्ता बोलाउने भएको छ ।

यससँगै उनीहरु स्वदेश फर्किनु पर्नेछ । यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अब २२ जना राजदूतहरुको पद रिक्त रहेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै राजदूतहरुलाई फिर्ता बोलाउन लागिएको जनाइएको छ ।

यी राजदूतलाई फिर्ता बोलाइँदै:

१. महेन्द्र बहादुर पाण्डे, चीन
२. निलाम्बर आचार्य, भारत
३. वंशीधर मिश्र, बंगलादेश
४. युवराज खतिवडा, अमेरिका
५. सर्मिला पराजुली ढकाल, ओमान
६. नारदनाथ भारद्वाज, कतार
७. दावा फुटी शेर्पा, स्पेन
८. निर्मलकुमार विश्वकर्मा, दक्षिण अफ्रिका
९. उदयराज पाण्डे, मलेसिया
१०. अन्जन शाक्य, इजरायल
११. लोकदर्शन रेग्मी, बेलायत

प्रतिक्रिया
सम्बन्धित