शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

विदेशबाट आउनेहरुको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र पूर्ण खोप हुनुपर्ने

दैनिक नेपाल २०७८ असोज ५ गते १८:५६

काठमाडौँ, ५ असोज । विदेशबाट आएका र पूर्ण खोप नलगाएका नेपालीहरु सरासर घर जान नपाउने भएका छन् ।

दशैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । चाडपर्वकै लागि नेपालीहरु घर फर्कन थालेका छन् ।

पछिल्लो ४ दिनमा मात्रै १० हजार नेपालीहरु स्वदेश फर्किएका त्रिभुवन विमानस्थल, अध्यागमन विभागले जनाएको छ ।

दशैँतिहार नजिकिएसँगै विदेशबाट आउने नेपालीहरुको संख्या ह्वात्तै बढेको सरकारी तथ्यांक छ ।

नेपाल आउने यात्रुहरूका लागि अध्यागमन विभागले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्ट र पूर्ण डोज खोप लगाएको प्रमाणपत्र अनिर्वाय गरेको छ ।

७२ घण्टाभित्र पीसीआर गरेको रिपोर्ट र पूर्ण खोप विना सरासर घर जान नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अपनाउनु पर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित