
काठमाडौँ, ५ असोज । भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलटकै मृत्यु भएको छ ।
पाइलट र को–पाइलट सवार हेलिकप्टर दुर्घटनापछि स्थानीयले जिउँदै उद्धार गरे पनि निधन भएको छ ।
उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्याइए पनि मृत घोषणा गरिएको थियो ।
खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ ।















प्रतिक्रिया