
काठमाडौँ, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ६२६ र एन्टिजेन विधिबाट ३ हजार ९९६ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ३३० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ७५ हजार ९५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८३० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ५४ हजार जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३३५ संक्रमित आइसीयुमा छन् भने १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५६ लाख २८ हजार ७९२ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६२ लाख ३० हजार ८२३ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया