सप्तरी, ५ असोज । सप्तरी जिल्लाको खडक नगरपालिका–६ विरपुरस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बा.१४ च ६२७९ नम्बरको पिकअप र ना.३७ प ३८९४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिभर्सल अस्पताल कल्याणपुर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
फरार रहेका पिकअप चालकको प्रहरीले खोजी गरिरेहको छ ।















प्रतिक्रिया