बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

‘रावलसहितका दश नेताहरू प्रचण्डका सारथी’

दैनिक नेपाल २०७८ असोज ५ गते १०:४३

काठमाडौं, ५ असोज । एमालेका अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीमबहादुर रावलसहितका दश जना नेताहरूलाई विभिन्न लाञ्छनाहरू लगाएका छन् ।

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको ओलीको राजनीतिक प्रतिवेदनमा दश जना नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’को सारथी रहेको आरोप लगाएका हुन् ।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले मधव नेपालको साथ छोडेका नेताहरूलाई गुटबन्दी गरेको आरोप लगाएका छन् ।

भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डेसहितका नेतालाई ओलीले ‘प्रचण्डको सारथी’ भनेका हुन् ।

एमलेले राजनीति, विधान र सांगठनिक प्रतिवेदन पारित गरेको छ । राजनीतिक प्रतिवेदन पारित भए पनि असन्तुष्ट १० जना नेताको मागलाई ओलीले सम्बोधन नगरेको आरोप छ ।

रावलसहितका नेताहरूले संसद विघटन गलत रहेको भन्दै ओलीको आलोचना गरेका छन् । संसद विघटन गरेकै कारण पार्टीमा समस्या आएको रावल समूहको आरोप छ ।

ओलीले औपचारिक रुपमा गल्ती स्वीकार गर्नुपर्ने माग रावल समूहको छ । ओलीले नेताहरूको सुझाव र चासोबारे केन्द्रीय कमिटी र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् ।

रावलसहितका दश जना नेताले फरक मत राखे पनि ओलीबाट मागको सम्बोधन भएको छैन ।

उनीहरूको फरक मत संगठनात्मक प्रस्ताव र विधान संशोधन पनि कायम छ ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज ८ र ९ गते बस्नेछ । एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुँदैछ ।

एमालेभित्र उपाध्यक्ष रावलले ओलीविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् । पार्टी विभाजनका बेला नेता माधवकुमार नेपाललाई साथ नदिएर रावलसहितका नेताहरू एमालेमै बसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित