शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उदितलाई देखेपछि कृष्णाले मामा सम्झिए

दैनिक नेपाल २०७८ असोज ५ गते १०:०६

मुम्बई । भारतीय हास्य कलाकार कृष्णा अभिषेकले द कपिल शर्मा सोमा आफ्ना मामा गोविन्दालाई याद गरेका छन् ।

आइतबारको संस्करणमा गायक उदित नारायण पाहुना बनेर पुगेका थिए । उदितलाई देखेपछि कृष्णालाई आफ्ना मामा गोविन्दाको याद आएको रहेछ । उनले भने, ‘तपाईंलाई देखेपछि मामाको याद आयो, निकै राम्रो लाग्यो ।’

कृष्णा र गोविन्दाबीच विवाद छ । द कपिल शर्मा सोको पछिल्लो भागमा जब गोविन्दा आफ्नी श्रीमती सुनिता आहुजासँग पाहुना बनेर पुगेका थिए त्यतिबेला कृष्णाले उक्त भागमा आफ्नो प्रस्तुति दिन अस्वीकार गरेका थिए । त्यसपछि गोविन्दाकी श्रीमती सुनिताले कृष्णाको मुख नै हेर्न नचाहेको बताएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित