बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईपीएल क्रिकेटमा नाइट राइडर्ससँग रोयल च्यालेन्जर्स पराजित

दैनिक नेपाल २०७८ असोज ५ गते ७:४३

मुम्बई, ५ असोज । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ ।

यूएईमा गएराति भएको खेलमा कोलकाताले बेङ्ग्लोरलाई ९ विकेटले हराएको हो ।

बेङ्ग्लोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । कोलकाताका सुबमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रन र आन्द्रे रसेल शून्यमा अविजित रहे ।

बेङ्ग्लोरका युजभेन्द्र चाहलले १ विकेट लिए । पहिले ब्याटिङ गरेको बेङ्ग्लोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । बेङ्ग्लोरका देवदूत पडिकलले सर्वाधिक २२ रन जोडे । कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३र३ विकेट लिए ।

लक्की फर्गुसनले २ विकेट लिए । जितपछि ८ खेलमा ६ अङ्क जोडेको कोलकाता पाँचौँ स्थानमा छ भने बेङ्ग्लोर १० अङ्कका साथ तेस्रो स्थानमा छ । चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित