बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सानिमा बैंक अब ललितपुरको ढोलाहिटीमा पनि

दैनिक नेपाल २०७८ असोज ४ गते १९:५७

काठमाडौँ, ४ असोज । सानिमा बैंक लिमिटेडले मिति २०७८ असोज ४ गते ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त कार्यालयको समुद्घाटन कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित