१९ कार्तिक २०८३, बिहिबार

स्थायी समितिका तीन वटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने एमालेको निर्णय

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकका तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।

आइतबार र सोमबार बसेको पार्टीको बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ भने केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ ।