
काठमाडौँ, ४ असोज । सोमबार नेप्से परिसूचकमा ११४ अंकको भारी गिरावट आएको छ ।
यससँगै सेयर बजार परिसूचक २६९८ अंकमा आएर रोकिएको छ ।
आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ ।
यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।















प्रतिक्रिया