२ कार्तिक २०८३, सोमबार

रुसको विश्वविद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । रुसको परम शहरको एक विश्वविद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

बीबीसीका अनुसार हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।

परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा १३०० किलोमिटर टाढा छ ।

स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरेको बीबीसले जनाएको छ ।

हमला भएपछि केही विद्यार्थी र अध्यापकले आफूलाई भवनभित्रै बन्द गरिदिए ।

घटनास्थलमा मोबाइलबाट खिचिएका भिडियोमा केही मानिसहरु झ्यालबाट हाम फालिरहेको देख्न सकिन्छ । बीबीसी