दमौली, ४ असोज । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १३ मा शनिवार भएको आगलागी पीडितलाई एमाले सम्वद्ध जनसंगठनहरूले राहत प्रदान गरेका छन् ।
विद्युत सर्ट भई एक्कासि आगलागी हुँदा प्रेम मगरको घर जलेको थियो । घरको भुइँतलामा पूर्णरुपमा क्षति भएको छ । मानवीय क्षति भएको छैन । आगलागीबाट करिव ३ लाख वरावरको नोक्सानी भएको मगरले बताएका छन् ।
स्थानीय समाजसेवी एवं शिक्षक ललित पाण्डेको अग्रसरतमा एमाले सम्वद्ध जनसंगठनका नेताहरू भुपेन्द्र कोइराला, तुलसी पाण्डे, एमाले तनहुँका कार्यलय सचिव राजेश्वर ढकाल लगायतले रकम संकलन गरेर मगरलाई ५ बोरा चामल, तेल, नुन लगायतका सहयोग गरिएको ललित पाण्डेले जानकारी दिए ।
















प्रतिक्रिया