२ कार्तिक २०८३, सोमबार

चीनमा लगाइयो ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ, ३ असाेज । चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

 

यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।

चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ ।

कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरुमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ । रासस